समाचार

राप्ती नदीमा एक किशोरको शव फेला



दाङ, २९ कार्तिक । राप्ती नदीमा डुबेर बेपत्ता भएका एक किशोरको शव तीन दिनपछि फेला परेको छ ।

प्रहरी कार्यालय गढवाका अनुसार दाङको राप्ती नदीमा शनिबार नुहाउने क्रममा डुबेर वेपत्ता भएका गढवा गाउँपालिका– १ बडहराका १६ वर्षीय निश्चल यादवको शव आज फेला पारेको हो ।

१६ वर्षका निश्चल यादव गत कार्तिक २६ गते साथीहरुसँग नुहाउन भन्दै राप्ती नदीमा गएका थिए । किशोर डुबेर खबर पाए लगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य सुरु गरेका थिए ।

नदीमा डुबेकाे चौथो दिनमा गोताखोरको टोलीले दुई सय मिटर पश्चिम झोलुङ्गे पुलको नजिकै शव फेला पारेको हो ।