काठमाडौँ, २९ कार्तिक । वैदेशिक रोजगार विभागमा कार्यरत नायव सुब्बा प्रमोद पाण्डे घूससहित पक्राउ परेका छन् ।
वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई ३० हजार घूससहित पक्राउ गरेको हो ।
यस्तै खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ रुपैयाँ पनि फेला परेको अख्तियारले जनाएको छ । कार्यकक्षबाट मंगलबार पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्