काठमाडौँ, ३० कार्तिक । काठमाडौँ उपत्यकामा दुर्घटना बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि ट्राफिक प्रहरी विभिन्न जिल्लामा खटिएसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
ट्राफिक प्रहरीको संख्या कम भएसँगै सडकमा लापरबाही बढेको छ । पछिल्लो एक हप्तामा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । यसअघि उपत्यकामा एक महिनाभरि भएको दुर्घटनामा औसतमा १५ जनाको ज्यान जाने गरेको थियो । अहिले एक हप्तामै १३ जनाको ज्यान गएको छ ।
धेरैजसोले ट्राफिक प्रहरीलाई देखे मात्रै नियम पालना गर्ने गरेकाले पनि उपत्यकामा दुर्घटना बढेको हो । अहिले ट्राफिकको संख्या कम हुँदा सबै ठाउँमा सुरक्षा जाँच र कडाइ हुन सकेको छैन । ट्राफिक नियम पालना नगरी गाडी चलाउँदा दुर्घटना मात्रै होइन जाम समेत बढेको छ ।










प्रतिक्रिया दिनुहोस्