Banner News

गठबन्धन मंसिर ४ पछि रहँदैन, यो खरानीको डल्लोजस्तै होः ओली



काठमाण्डौ,३० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि माओवादी ५ वा ७ सिटमा मात्र सीमित हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको भन्दै मंसिर ४ पछि डल्लो फुट्ने दाबी गरे । मंसिर ४ को निर्वाचन पछि माओवादी खरानीको डल्लो फुट्ने र माओवादी सडकमा जाने टिप्पणी गरे ।
उनले मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गरे । एमालेको सरकार बन्ने बित्तिकै ओलीले गठबन्धन नरहने बताए ।
यो गठबन्धन मंसिर ४ पछि रहँदैन, ओलीले भने, खरानीको डल्लोजस्तै हो उनले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन २० वर्ष टिक्छ भनी दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै ओलीले हिजो छोरी बिकाउनको लागि १५ वर्ष भनेको र आज आफू बिक्नका लागि २० वर्ष भनेर हल्ला मात्र चलाइएको बताए ।