अर्थ

नेपाल टेलिकमको नाफा दुई अर्ब २२ करोड



काठमाडौँ, ३० कार्तिक । नेपाल टेलिकमले टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ ।

टेलिकमले गत वर्ष पहिलो त्रैमासमा दुई अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नौ अर्ब ७ करोडको व्यापार गरेको छ । गत

आर्थिक वर्षको पहिलो तीन महिनामा टेलिकमको व्यापार नौ अर्ब ७७ करोड थियो । टेलिकमको व्यापार गत वर्षको तुलनामा ७० करोड रुपैयाँले घटेको देखिएको हो । १८ अर्ब चुक्ता पुँजी रहेको टेलिकमको रिजर्भमा ७९ अर्ब रहेको छ ।