राजनीति

विप्लवको विद्यार्थी संगठनका केन्द्रीय सदस्य एमालेमा प्रवेश



संखुवासभा, १ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अनेरास्ववियुका केन्द्रीय सदस्य एमालेमा प्रवेश गर्नुभएको छ ।

आज एक कार्यक्रमका बिच नेपाल कमयुनिस्ट पार्टी (विप्लव) निकट अनेरास्ववियुका केन्द्रीय सदस्य सुजन विक लगायत केही नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको हो । वर्तमान परिप्रेक्षमा एमाले नै राष्ट्रवादी तथाा विकसप्रेमी पार्टी भएकाले एमालेको विकल्प कुनै पनि पार्टी हुन नसक्ने भन्दै उहाँहरु एमाले प्रवेश गर्नुभयो । एमालेले देशभर मुलुकको विकास र समृद्धिमा खेलेको भूमिका अन्य पार्टीसँग तुलना गर्नु फिक्का हुने उल्लेख गर्दै नवप्रवेशीले प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार राजेन्द्र गौतमको टिमलाई हरहालतमा विजयी गराउने प्रतिवद्धता जनाए । क्रान्तिको बाटोमा लागेको हामी तर क्रान्ति गर्नेले बाटो नै भुलेपछि क्रान्तिलाई समेट्ने एमाले मात्र भएकाले एमाले नै रोजेको उहाँले बताउनुभयो ।

एमालेका प्रदेश कमिटी सदस्य हिन्दु कुमार राई तथा जिल्ला कमिटी सदस्य टंक खड्का, नगर कमिटी राजन कुमार खड्काको विशेष पहलमा नवप्रवेशीलाई खादा र माला लगाई पार्टीमा स्वागत गर्नुभयो । स्वागत गर्दै प्रदेश सदस्य राईले एमाले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी पार्टी भएकाले नवप्रवेशीलाई आवश्यकता, योग्यता, क्षमता र दक्षताको आधारमा निर्वाचन पछि उचित जिम्मेवारी दिने बताउनुभयो । मंसिर ४ गतेको निर्माणमा एमालेका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न नवप्रवेशीको साथमा एमालेका कार्यकर्तालाई आग्रह गर्नुभयो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा दृढताका साथ अगाडी बढ्ने पार्टी एमाले भएको एल्लेख गर्दै उहाँले मुलुक र मुलुकको विकास विरोधी गठबन्धनलाई देशभरबाट विदायी गर्नुपर्नेमा जोड दिनुभयो ।