धनगढी, १ मंसिर । डोटीमा मतदान अधिकृत र मतपेटिका बोकेको जीप दुर्घटना भएको छ ।
प्रहरीका अनुसार बिहीबार बडीकेदार गाउँपालिका–५, मार्कोटस्थित उपस्वास्थ्य चौकी मतदान केन्द्रमा खटाइएको बा२झ २२३५ नम्बरको जीप अत्तरकाँडामा दुर्घटना भएको हो ।
उपस्वास्थ्य चौकी मार्कोट मतदान केन्द्र ‘क’का मतदान अधिकृत उत्तम उपाध्याय र मतदान केन्द्र ‘ख’का अधिकृत दिनेशसिंह रैखोला सवार जीप दुर्घटनामा परेको हो । जीपको ‘ब्रेक फेल’ भएर भित्तामा ठोक्किएर सडकमै पल्टिएको छ । बीपीनगर प्रहरी चौकीको टोलीको सहयोगमा मतदान अधिकृत र मतपत्र उपस्वास्थ्य चौकी मार्कोट मतदान केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्