काठमाडौँ, २ मंसिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम वित्रान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहान प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।
त्यस्तै आज राति प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।










प्रतिक्रिया दिनुहोस्