काठमाडौँ, २ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई ध्यानमा राखी मतदाता शिक्षा प्रभावकारी बनाउने र बदर मत घटाउने भन्दै घरदैलो सुरु गरे पनि मतदाता शिक्षा प्रभावकारी भएको देखिदैन ।
आयोगले मतदाता शिक्षाका नाममा करोडौं खर्ब खर्च गरेपनि प्रभावकारी हुन नसक्दा आइतबार हुने निर्वाचनमा बदर मत बढ्न सक्ने सम्भावना छ । तनहुँ, गोरखा र कास्की जिल्लाका पालिकाहरुमा गरिएको ‘मतदाता शिक्षामा सहभागिता कार्यक्रम’ को अवलोकनबाट यस्तो पाइएको हो ।
गोरखा नगरपालिका- ७ मान्द्रे ढुंगाको एकता टोल पुग्दा दुई जना स्वयंसेविकाले सामुदायिक भवनमा टोलका १० जना मतदाता जम्मा गरेर मतदान गर्ने तरिका सिकाइरहेका थिए । सो वडामा २ हजार ८ सय ७८ मतदाता रहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्