राजनीति

समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिने



काठमाडौँ, २ मंसिर । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिकतर्फ उम्मेदवार रहेकाहरूलाई परिचय पत्र दिने भएको छ ।

समानुपातिक उम्मेदवारको अन्तिम नामावलीमा नाम समावेश भएकाहरूलाई आयोगले परिचय पत्र दिन लागेको हो । आयोगले जिल्लास्थित निर्वाचन कार्यालयहरूबाटै उम्मेदवारलाई परिचय पत्र दिने व्यवस्था मिलाएको जनाएको छ । आयोगको बेबसाइटमा रहेको प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक बन्दसूचीमा नाम उल्लेखित भएका उम्मेदवारलाई परिचय पत्र दिन सकिने आयोगको भनाइ छ।