राजनीति

झापा-५ मा अध्यक्ष ओलीको अग्रता कायमै



काठमाडौँ, ६ मंसिर । झापा क्षेत्र नम्बर-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम गर्नुभएको छ ।

पछिलो मतपरिणाम अनुसार ओली ८९७८ मतसहित पहिलो स्थानमा रहनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ५४४८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल १४८६ मतसहित तेस्रो स्थानमा रहनुभएको छ भने जनमत पार्टीका भीम राजवंशी ८६८ मतसहित चौथो स्थानमा रहनुभएको छ ।