काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५५३४ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकाललाई १२४९२ मतान्तरले पराजित गरेका हुन् । पराजित सागर ढकालले १३०४२ मत ल्याएका छन् । देउवा २०४८, २०५१,२०५६,२०६४,२०७० र २०७४ मा डडेलधुराबाट निर्वाचित भएका थिए ।










प्रतिक्रिया दिनुहोस्