समाचार

मनकामना केवलकार २५ वर्षमा प्रवेश



काठमाडौँ, ७ मंसिर । मनकामना केवुलकार २५ वर्षमा प्रवेश गरेको छ ।

२०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केवलरकाले अहिलेसम्म एक करोड ७० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान गरेको जनाएको छ ।

चितवनको ईच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकामा जोडिएको केवलकारले कूल आम्दानीको एक एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तरगर सोही क्षेत्रमा खर्च गर्दै आएको छ । त्यसैगरी केवलकारले डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागेको पनि जनाएको छ ।