राजनीति

सूर्यविनायक ‘क’मा एमालेका किरण थापा विजयी



भक्तपुर, ८ मंसिर । आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेका किरण थापा विजयी हुनुभएको छ ।

भक्तपुर क्षेत्र नं. २ ‘क’ सूर्यविनायक प्रदेश सभामा एमालेका थापा विजयी हुनुभएको छ । थापाले गठबन्धनका साझा उम्मेदवार विष्णु कार्की (कांग्रेसका) लाई पराजित गर्नुभएको हो । थापाले १५ हजार एक सय १८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी कार्कीले ११ हजार ९ सय ३३ मत प्राप्त गर्नुभयो । थापाले कार्कीलाई तीन हजार एक सय ८५ मतान्तरले हराउनुभयो ।

थापा ०७४ को स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिका वडा नं. ८ को वडाध्यक्ष हुँदा जनप्रीय बन्नुभएको थियो । उहाँले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक क्षेत्रको सुधार, रोजगार लगायतका असंख्य कार्यहरु गर्नुभएको थियो ।