समाचार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



सर्लाही, ९ मसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित बाँके जङ्गलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरित दिसाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा मृत्यु हुनेमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेको छ ।

दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। उनीहरु प्रदेश २-०२-००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा सिरहाको करजनहा नगरपालका-११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएका छन् । घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ ।