राजनीति

पाल्पा-१ बाट एमालेका नारायण आचार्य निर्वाचित



काठमाडौँ, ९ मंसिर । पाल्पा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले)का उमेदवार नारायण आचार्य निर्वाचित भएका छन् ।

उनी नेपाली कांग्रेसका उमेदवार ज्ञानबहादुर गाहालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगले यो जितहारको औपचारिक घोषणा गर्न बाँकी छ । एमाले नेता–कार्यकर्ताले उत्सव मनाउन थालिसकेका छन् ।