काठमाडौँ, ९ मंसिर । नायिका करिश्मा मानन्धरले नेकपा एमाले पहिलो पार्टी बन्ने बताएकी छन् ।
उनले समाजिक सञ्जालमा लेख्दै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी हुन् ।
उनले भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुँदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ ।बाघलाई हायनाहरूले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो।’
प्रतिक्रिया दिनुहोस्