काठमाडौँ, १० मंसिर । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।
राजदूत थम्पसनले सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा पुगेर शिष्टाचार भेट गरेका हुन् । भेटमा महानिरीक्षक अर्याल र राजदूत डिन आर. बीच दुई देशको सम्बन्ध र आपसी हितका बिषयमा कुराकानी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।










प्रतिक्रिया दिनुहोस्