राजनीति

एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य किरण थापाको विजय र्याली



भक्तपुर, १० मंसिर । नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा ‘क’ सूर्यविनायक नगरपालिका प्रदेशबाट निर्वाचित किरण थापालाई बधाई तथा शुभकामना दिन विजय र्याली आयोजना गरिएको छ ।

एमाले निर्वाचन परिचालन कमिटीले आयोजना गरेको भक्तपुर क्षेत्र नं. २ ‘क’ सूर्यविनायक प्रदेशसभामा एमालेको तर्फबाट निर्वाचित किरण थापालाई बधाई तथा शुभकामना दिन आज नगर क्षेत्रका १ देखी १० वटै वडामा विजय र्याली आयोजना गरिएको छ । र्यालीमा स्थानीयवासीले भव्य रुपमा स्वागत गरेका छन् । घर घरबाट निस्किएका जनताले बधाई तथा शुभकामना दिँदै आगामी दिनमा राजनीतिक सफताको शुभकामना दिए । थापाले प्रदेशसभामा नेतृत्व गरेसँगै जनताको माग, चाहना र आवश्यकतालाई ध्यानमा राखी नगरक्षेत्रको विकास हुनेमा विश्वास व्यक्त गर्दै स्थानीयवासीले नगरको विकासको लागि जहिले पनि थापालाई साथ र सहयोग हुनेमा विश्वास दिलाए ।

र्यालीका क्रममा स्थानीयवासीको माग तथा आवाजलाई सम्बोधन गर्न आफु कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता जनाउँदै आफु अब जनताको सेवक भएको बताउनुभयो । जनताको मतबाट विजयी भएपछि आफुलाई जनताले पाँच वर्ष सेवा गर्ने अवसर प्रदान गर्नुभएको उल्लेख गर्दै उहाँले जनताको आशालाई उच्च शिरमा राखी कामबाट नतिजा दिने प्रतिवद्धता जनाउनुभयो ।