भक्तपुर, १० मंसिर । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी दिनमा भक्तपुरका जनताको साथ र सहयोगमा निरन्तर लागि परिरहने बताउनुभएको छ ।
एमाले निर्वाचन परिचालन कमिटीले आयोजना गरेको भक्तपुर क्षेत्र नं. २ ‘क’ सूर्यविनायक प्रदेशसभामा एमालेको तर्फबाट निर्वाचित किरण थापाको विजयी र्यालीका क्रममा स्थानीयवासीसँग नेता बस्नेतले आफ्नो पक्षमा बहुमत जनमत नआएता पनि आफु जनताको दुःख सुखमा हरक्षण साथमा नै हुने प्रतिवद्धता जनाउनुभयो । र्यालीलाई जनताको घरदैलोमा पुर्याउने क्रममा जनताको मायाँ, ममता र सद्भाव आफनो लागि मार्गनिर्देश हुने बताउँदै नेता बस्नेतले हरपल, हरक्षण जस्तोसुकै अवस्थामा जनताको माझमा आफु र एमाले हाजिर हुन तयार रहेको बताउनुभयो । विगतमा विजय हुँदा पनि जनताको सेवामा नै आफ्नो सम्पूर्ण समय समर्पित गरेको स्मरण गराउँदै उहाँले अब हार्दा समेत जनताको पक्षमा नै रहेर अगाडी बढ्ने बताउनुभयो ।
सडकमा एमालेका निर्वाचित प्रदेशसभा सदस्य थापालाई बधाई दिन आएका स्थानीयवासीसँग उहाँले भन्नुभयो, ‘निर्वाचन भनेको राजनीतिक खेल हो । खेलमा हार जीत अवश्य हुन्छ । जसमा एमालेले अपेक्ष गरेजस्तो नतिजा ल्याउन नसके पनि एमाले तथा हामी तपाईहरुको दुःख सुखमा हरपल साथ रहने छौं । जस्तोसुकै अवस्थामा पनि सम्झनुहोला, हामी तपाईहरुसँग हाजिर हुनेछौं । सुख दुःखलाई साटासाट गर्नेछौं । तपाईहरुसँग हातेमालो गरी अगाडी बढ्नेछौं । हारे पनि जीते पनि हामी तपाईहरुसँगै छौं ।’
एमालेको अभियान नै ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने भएको उल्लेख गर्दै उहाँले विकास र समृद्धिको यात्रामा जहिले पनि अग्रमोर्चामा रहेर जनताको माग, चाहना र आवश्यकतालाई पुरा गर्न अहोरात्र खट्ने प्रतिवद्धता जनाउनुभयो । भक्तपुरको समग्र विकास नै आफ्नो सपना भएको उल्लेख गर्दै उहाँले विजयी पार्टीलाई समेत राजनीतिमा प्रतिष्पर्धा र विकासमा ऐक्यबद्धता भन्ने मान्यतालाई ख्यालमा राखी अगाडी बढेमा सहकार्य गरी अगाडी बढ्ने स्थानीयवासीसँगको कुराकानीमा प्रतिवद्धता जनाउनुभयो । उहाँले एमालेकै नेतृत्वमा भक्तपुरको विकासलाई पछाडी पर्न नदिने समेत उद्घोष गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज सोम मिश्र, प्रतिनिधिसभाका एमाले समानुपातिक उम्मेदवार गोविन्द दुलाल, निर्वाचित वागमती प्रदेशसभाका सदस्य किरण थापा, एमाले बागमती प्रदेश सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, उपप्रमुख सरिता भट्टराई, एमाले बागमती प्रदेशसभा तर्फ समानुपातिक प्रदेशसभा उम्मेदवार सकुन्तला श्रेष्ठ लगायतका नेता तथा सयौं कार्यकर्ताको सहभागितामा र्याली आयोजना गरिएको थियो ।
र्याली सूर्यविनायक नगरपालिका वडा नं २ कौशलटार पुल बालकोटबाट शुरु भएको मोटर साईकल तथा साना गाडीबाट सूर्यविनायकको १० वटै वडामा पुगेको छ । र्यालीको रुट सूर्यविनायक नगरपालिका वडा नं. २ को पानपसलबाट सुरु गरि बालकोट चोक – सूनपा ३ पानी ट्याकी – महेन्द्र शान्ति स्कुल – सिरुटार चारदोवाटो – बिरुवा बसपार्क – कालिटार – चरखण्डी – गाम्चा – चित्रपुर दोवाटो – अलतारा मार्ग सूनपा ४ कार्यालय – शिकारी टार – तर्खगाल – अननतलिङ्गेश्र्वर खट्कागाउँ – खहरेचोक गुण्डू – ७ नं वडाकार्यालय चोक – किवाचोक माकलेपार्टी – कटुन्जे चक्रपाडी चोक – बनाचौर – पाण्डोवजार चोक – सूर्यविनायक चोक – गणेश मन्दिर – ८ नं वडा कार्यालय सिपाडोल – डोलेश्र्वर दोवाटो – सूनपा ९ नंखेल चक्रपथ सडक – पलासे – अरनीको राजमार्ग – १० नं वडा कार्यालय चित्तापोल पुगेर समापन गरिएको आयोजकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्