काठमाडौँ, ११ मंसिर । इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचित भएका छन् ।
नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरी विजय भएका हुन् । पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन् । यसअघि २०५६ सालदेखि नेम्वाङले इलाम २ बाट लगातार चारपटक निर्वाचन जितेका थिए । यो उनको पाँचौ जित हो ।










प्रतिक्रिया दिनुहोस्