काठमाडौँ, १२ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । आज बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गन्दा एमालेले २५ लाख ३४ हजार ३२३ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८३१ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ४५ हजार ६५६ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) तीन लाख २६ हजार ३७२ मत पाउँदै छौटौँ स्थानमा छ ।
जनमत पार्टी दुई लाख ६२ हजार ८२६ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ५२ हजार २७ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ३७ हजार ९६२ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख २७ हजार ९१८ मतसहित १०औँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।










प्रतिक्रिया दिनुहोस्