भक्तपुर, १२ मंसिर । जिल्लाको सूर्यविनायक नगरपालिका–५, चुनदेवीमा स्कुटर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज बिहान तीनजना सवार प्रदेश ३ ०२ ०१० प ६३७१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सडकमा पल्टिदा स्कुटर चालक ललितपुरको गोदावरी नगरपालिका–१ का ३५ वर्षीय सुशान्त कार्की, त्यसमै पछाडि सवार २१ वर्षीय प्रमोद पुरी र झापाका २२ वर्षीय प्रदीप विष्ट हुन् ।
घाइते तीनैजनाको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये विष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तीनैजनाले मादकपदार्थ सेवन गरेको पाइएको र स्कुटर नियन्त्रणमा रहेको प्रहरी वृत्त जगातीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्