राजनीति

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच डेढ घण्टा भेटवार्ता



काठमाडौँ, १२ मंसिर । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान भेटवार्ता भएको छ ।

उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टा छलफल भएको हो । आज बिहान साढे ९ देखि ११ बजेसम्म भएको भेटवार्तामा चुनावी समीक्षा र नयाँ सरकार गठनलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।