Banner News

सत्ता गठबन्धनका प्रमुख तीन दलबीच बालुवाटारमा छलफल



काठमाडौँ, १२ मंसिर । सत्ता गठबन्धनका प्रमुख तीन दलवीच आज छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल भएको छ ।

छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको बताइएको छ । त्यस्तै गठबन्धनका दलहरुको औपचारिक बैठक छिट्टै बोलाउने र गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई दिन अघि पनि भेटेका थिए ।