राजनीति

धनुषा–४ बाट एमालेका महासेठ निर्वाचित



धनुषा, १३ मंसिर । धनुषा निर्वाचन क्षेत्र नम्बर–४ बाट नेकपा (एमाले)का उमेदवार रघुवीर महासेठ निर्वाचित भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

आज बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले ३२ हजार २३६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार महेन्द्र यादवले ३२ हजार ११२ मत पाएका छन् ।