राजनीति

उदयपुर-१ को मतगणना पुनः सुरु



उदयपुर, १३ मंसिर । उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना पुनः सुरु भएको छ । सो क्षेत्रको मतगणना तीन दिनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानदेखि पुनः गणना सुरु गरिएको हो ।

गएको शनिबार बिहान क्षेत्र नम्बर–१ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र संघको मतपेटिकामा भेटिएको र केहीमा तथ्यांकानुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो ।

नेकपा (एमाले)सहितका केही स्वतन्त्रका उमेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो । रासस