राजनीति

राजनीतिमा देखापरेका आवेग र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ : अध्यक्ष दाहाल



काठमाडौँ, १३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

आज बिहान गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्नुपर्ने र त्यसका लागि गोरखाली जनताको विश्वासको बलमा अघि बढ्ने बताए ।

उनले भने, ‘मैले राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।’ सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने उनले बताए । राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा भएको भन्दै प्रचण्डले भने, ‘त्यहाँका जनताको भरोसा र विश्वासको बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ ।’