राजनीति

प्रहरीमा ४ एआईजी पदमा बढुवा गर्न निर्वाचन आयोगको अनुमति



काठमाडौँ, १३ मंसिर । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवाको तयारी गरिएको छ ।

प्रहरीमा ४ वटा एआईजी पद रिक्त छ । रिक्त पदमा बढुवाका गर्न गृह मन्त्रालयलाई निर्वाचन आयोगले अनुमति दिएको छ । गृह मन्त्रालयको आग्रह अनुसार आयोगले बढुवा गर्न अनुमित दिएको बताइएको छ ।

आयोगले आवश्यकता अनुसार प्रहरी अधिकृतहरुको सरुवा गर्न पनि मन्त्रालयलाई अनुमति दिएको छ । २०७९ साउन २० मा एआईजी विश्वराज पोखरेल, भदौ २३ मा मुकुन्दराज आचार्य, कार्तिक १४ मा अरुण बि.सी र कार्तिक २४ मा रबिन्द्र बहादुर धानुकले अवकाश पाएका थिए । उनीहरुको अवकाशसँगै प्रहरीमा चार दरबन्दी रिक्त भएको छ ।