राजनीति

स्याङ्जा २ मा एमालेकी पद्मा अर्यालको अग्रता



स्याङ्जा, १५ मंसिर । स्याङ्जा क्षेत्र नं. २ मा नेकपा एमालेकी सचिव पद्मा अर्यालले अग्रता लिएकी छन् ।

अर्यालले २ हजार ३०४ मत ल्याएर अग्रता लिएकी हुन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले १ हजार ७०३ मतसहित दोस्रो स्थानमा छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।

मतदान भएको १० दिनपछि मतगणना सुरु भएको छ । निर्वाचन आयोगको निर्देशनपछि बुधबार राती ११ बजेबाट मतगणना सुरू गरिएको हो । स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।