पाल्पा, १५ मंसिर । जिल्लाको रिब्दीकोटमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रिब्दीकोट गाउँपालिका वडा नं. १ जोगिथुम बस्ने ४९ बर्षीया तिलाकुमारी कुमालको खोलामा डुबेर मृत्यु भएको हो ।
मानसिक अवस्था ठीक नभएकी कुमालको रिब्दीकोटको सातमुरेस्थित रिडी खोलमा डुबेर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्