अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १५ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ५ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।