काठमाडौँ, १६ मंसिर । सरकारले काठमाडौँ उपत्यकामा रात्रिकालीन व्यापार, व्यवसाय र मनोरञ्जनको क्षेत्र सञ्चालनमा खुकुलो नियम ल्याएको छ ।
यसअघि १० बजे नै काठमाडौँमा पसल र मनोरञ्जनका व्यवसाय बन्द गराउने नियम रहेकोमा काठमाडौँ जिल्ला सुरक्षा समितिले समय बढाएको हो । नयाँ नियमअनुसार रक्सी पसल राति १० बजेसम्म र रेस्टुरेन्टहरू राति १२ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
यस्तै डान्स, दोहोरी र लाउन्ज एन्ड बार राति २ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । यस्तै क्लब र डिस्को बिहान ४ बजेसम्म चलाउन पाइने सूचनामा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्