समाचार

आजको मौसम



काठमाडौँ, १७ मंसिर । हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, मधेश र सुदूरपश्चिममा आंशिक बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै आज राती प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।