राजनीति

निर्वाचन परिणाम सुखद संकेत होइन : अध्यक्ष तिमिल्सिना



काठमाडौँ, १७ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् ।

आज ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले स्थापित दलहरु माथि नै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको बताए ।

उनले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरु बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न वौद्धिक समुदायलाई आग्रह समेत गरे ।