समाचार

अवैध लागूऔषधसहित दुई जना पक्राउ



काठमाडौँ, १७ मंसिर । कोटेश्‍वर बालकुमारीबाट २ जना अवैध लागूऔषधसहित पक्राउ परेका छन् ।

ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम, मोबाइल ३ थान र नगद ९ हजार रुपैयाँ सहित महोत्तरी जलेश्‍वर नगरपालिका-१ घर भई हाल काठमाडौँ माहनगरपालिका-३२ जडिबुटी बस्ने १९ वर्षीय विकास साह समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।