समाचार

डुबेर एक बालिका र एक युवतीको मृत्यु



बुटवल, १८ मंसिर । राप्ती नदीमा डुबेर एक बालिका र एक युवतीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षीया कञ्चन थारूको नदीमा डुबेर मृत्यु भएको हो ।

शनिबार दिउँसो १२ बजे डुबेर बेपत्ता भएका उनीहरूको शव आइतबार बिहान ९ बजेपछि फेला परेको हो । उनीहरू नुहाउन गएको र त्यही क्रममा डुेबेको प्रहरीले जानकारी दिएको छ । दुवै शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा ल्याउन थालिएको प्रहरीले जनाएको छ ।