समाचार

१४ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ



काठमाडौँ, १८ मंसिर । डोल्पामा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार शनिबार दिउँसो ठूलीभेरी नगरपालिका–५ का २६ वर्षीय कुमार बुढालाई पक्राउगरेको हो । गएको बुधबार बुढाले ती बालिकालाई स्थानीय लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीचौकी माझफालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।