काठमाडौँ, २० मंसिर । निर्माता सुनिल मानन्धर र निर्देशक प्रवीण श्रेष्ठले नेवारी संस्कृतिमा आधारित फिल्म ‘बब दाइ’ निर्माण गर्ने भएका छन् ।
फिल्मको प्रमुख भूमिकाका लागि अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव गरिएको छ । अहिले मदनकृष्णले फिल्मको पटकथा अध्ययन गरिरहेका छन् । महजोडीका अर्का अभिनेता हरिवंश आचार्यलाई प्रस्ताव गर्ने वा नगर्नेबारे निधो भइनसकेको निर्माता मानन्धरले जानकारी दिए । हरिवंशका छोरा मोहितवंशले पनि बुवालाई ‘अप्रोच’ नगरिएको जानकारी दिए ।
‘मदनकृष्ण फाइनल हुनुभयो भने हरिवंशलाई पनि प्रस्ताव गर्ने निर्माता मानन्धरले जानकारी जनाएका छन् । अहिले अन्य कलाकारको भने निधो भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्