समाचार

आजको मौसम



काठमाडौँ, २२ मंसिर । मुलुक उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।

आज दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आज राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।