समाचार

स्कुटीको ठक्करबाट पैदलयात्रीको मृत्यु



भक्तपुर, २४ मंसिर । भक्तपुरको बोडे मनहरा पुल नजिकै स्कुटीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको भएको छ ।

भक्तपुर प्रहरी परिसरका अनुसार काठमाडौँको मूलपानीबाट बोडेतर्फ आउँदै गरेको बा ७६ प ९०३५ नम्बरको स्कुटीले पैदल यात्रुलाई ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने वर्ष ४४ का सन्तबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनापछि उपचारका लागि अस्पताल लागि सन्तबहादुरलाई नजिकैको मध्यपुर अस्पताल लगिएको थियो । त्यहाबाट प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्भिक अस्पताल रिफर गरिएको थियो । उनको नर्भिक अस्पतालमा मृत्यु भएको हो । स्कुटी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँंपालिका वडा नं ७ घर भई हाल काठमाडौँ बौद्ध बस्ने वर्ष २२ को पाल्देन लामालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको मध्यपुरको प्रहरी वृत्त ठिमीले जनाएको छ ।