समाचार

आजको मौसम



काठमाडौँ, २५ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो लुम्बिनी र गण्डकीमा आंशिक बदलीको सम्भावना छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आज राती भने लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ ।

तराईका केही भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।