काठमाडौँ, २६ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटर्वार्ता भएको छ ।
ओली निवास बालकोटमा आइतबार साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम तथा जनजिविकाका सवालमा छलफल भएको छ ।
भेटमा सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबीच एकता, सहकार्यबारे छलफल भएको नेता केसीले जानकारी दिए । भेटमा द्वन्द्वकालीन कांग्रेस र एमालेबीच मुद्दाहरु किनारा लगाउने सहमति हुनुपर्ने, नयाँ नक्सा अनुसारको भूगोल नेपालले उपभोग गर्न भारतीय पक्षसँग वार्ता गर्न दलहरु एकमत हुनुपर्नेमा छलफल भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्