काठमाडौँ, २६ मंसिर । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् ।जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् ।
जस्ता र काठले बनेको घरमा बस्दै आएका उनीहरूलाई आज बिहान ८ बजे स्थानीयबासीले मृतावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए ।
‘विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाहिने आँखामाथि चोट देखिन्छ, शरीरमा कपडा ओढाइएको छ’, घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, ‘निरमायाको शव घरभित्रै छ तर काठको प्वालबाट घरभित्र हेर्दा उनको खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौं।”
मृत भेटिएका दम्पतीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौँमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भइसकेको स्थानीयबासीले जानकारी दिएका छन् । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्