अर्थ

तरलतामा सुधार आइरहेको छ : गभर्नर अधिकारी



काठमाडौँ, २६ मंसिर, । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली भित्र तरलतामा सुधार आइरहेको बताएका छन् ।

नेपाल बैंकर्स संघको वार्षिक साधारण सभाका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अन्तरबैंक दर साढे ८ बाट ७.०७ प्रतिशतमा झरेको समेत जानकारी दिए ।

गत वर्ष ९० अर्ब निक्षेप दोहोरो गणना भएको जानकारी गराउँदै उनले त्यसमा सुधार गरिएको जानकारी दिए । अहिले स्थायी तरलता, सुविधा आउट स्ट्यान्डिङ ५ अर्बमा झरेको भन्दै उनले साढे ८ प्रतिशतको अन्तरबैंक दर ७.०८ प्रतिशतमा झरेको समेत बताए । यसले बजारमा तरलता भित्रभित्र सुध्रदै गएको संकेत गर्ने उनको भनाइ छ । थप ऋण नपाएको कुरा बाहिर आएको भन्दै उनले भने, ‘बाहिरबाट आएर तरलता बढ्ने होइन, रिकभरी बेस ल्यान्डिङ हुनुपर्‍यो ।’

यसैबीच बैकर्स संघको साधारणसभाले कार्यसमिति सदस्यमा सन्तोष कोइराला र दिपक कुमार देको कार्यकाल दोहोर्‍याउने निर्णय गरेको छ । रिक्त एक पदमा एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई चयन गरेको छ ।