काठमाडौँ, २७ मंसिर । राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलनसम्बन्धी काम फेरि सुरू गर्ने भएको छ ।
चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण रोकेको थियो । निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागु नरहेको बताएको थियो । आयोगले स्थानीय तहमा पुन: काम सुरू गरिएको जनाएको छ । आयोगले मंसिर २८ गतेदेखि पुन: काम सुरू गरिने जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्