Banner News

निर्णय पुनरवलोकन गर्न एमालेलाई आयोगको पत्र



काठमाडौँ, २७ मंसिर । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची नसच्याउने निर्णय पुनरवलोकन गर्न नेकपा ९एमाले०लाई मंगलबार पत्र पठाएको छ ।

आयोगका अनुसार पुनरवलोकनका लागि पत्र पठाएको छ । दिउँसो ३ बजेसम्मको समय दिइएको छ । त्यसपछि मात्रै सांसदको सूची सार्वजनिक हुन्छ । शनिबार बुझाएको समानुपातिक सांसदको सूचीमा प्रदेशसभातर्फ तीनवटा त्रुटि रहेको भन्दै सच्याउन आयोगले एमालेलाई पत्र पठाएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुनसम्मत निर्णय गरिएकाले सूची नसच्याउने भन्दै आयोगलाई जवाफी पत्र पठाएका थिए । त्यसपछि आयोगले सो निर्णय पुनरवलोकन गर्न भन्दै पत्र पठाएको हो ।