काठमाडौँ, २ पौष । आज काठमाडौँ विश्वको १३औँ प्रदूषित सहर बनेको छ । वायु प्रदूषणको मात्रा बढ्दै गएपछि काठमाडौँ प्रदूषित सहरको १३औँ स्थानमा पुगेको हो ।
आज बिहान काठमाडौँ उपत्यकाको हावाको प्रदूषण सूचकाङ्क एक्यूआई १ सय ६० रहेको छ । बिहान सबैभन्दा धेरै भक्तपुरको सूर्यविनायकमा एक्यूआई १ सय ६० पुगेको छ । एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ । त्यसभन्दा माथि अस्वस्थ मानिन्छ ।
प्रदूषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर, दोस्रोमा बङ्लादेशको ढाका, तेस्रोमा पाकिस्तानकै कराँची, चौथो र पाँचौँमा भारतको नयाँ दिल्ली र कोलकाता रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्