रुपन्देही, २ पौष । रुपन्देहीमा भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने हाल वतन नखुलेका २९ वर्षीय कृष्ण सिजाली मगर लगायत ७ जनालाई चक्कुसहित पक्राउ गरेको हो ।
आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते भएका उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्