काठमाडौँ, ३ पौष । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा पर्दा हिमपात र वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार जलवास्पयुक्त हावाका कारण हिमपात र वर्षा हुन सुरु भएको हो । देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका भू–भागमा हुस्सु तथा कुहिरो रहेको छ । घाम लागेपछि विस्तारै यो हट्दै जाने विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्